काठमाडौं । कन्स्टिलेसन दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कन्स्टिलेसनलले आयोजक भ्याली पब्लिक ‘बी’ लाई ५–० गोलले पराजित गर्यो । कन्स्टिलेसनका चक्र शाही र प्रदीप चौलागाईंले २–२ तथा मनीष तामाङले १ गोल गरे ।
काष्ठमण्डप, बाल विकास ‘ए’ र कुन्डलिनी पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । काष्ठमण्डपले भ्याली पब्लिक ‘ए’ लाई ४–१ गोलले हरायो । काष्ठमण्डपका सिद्धान्त खड्काले ह्याट्रिक गरे भने प्रशान्त लिम्बूले १ गोल गरे । बाँकी १ गोल आत्माघाती थियो । भ्याली पब्लिक ‘ए’ का इशान गुरुङले १ गोल फर्काए ।
बाल विकास ‘ए’ ले त्रिज्योतिलाई १–० गोलले पाखा लगायो । कुन्डलिनीले लक्ष्मीपुरको यात्रा टाइब्रेकरमा २–१ ले पूर्णविराम लगायो । सेमिफाइनल काष्ठमण्डप र बाल विकास ‘ए’ तथा कन्स्टिलेसन र कुन्डलिनीबीच हुनेछ ।