काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने पुरुष र महिला भलिबल टोलीको चयन गरिएको छ ।
पुरुषमा धनुषाका रोशनकुमार यादव, विनयकुमार यादव, कृष्ण यादव, रोहितकुमार यादव, करण मण्डल र कृष्णकुमार यादव, महोत्तरीका धर्मेन्द्रकुमार यादव र राकेशकुमार सिंह, सिरहाका शिवपूजन चौधरी र सुरजकुमार चौधरी तथा सर्लाहीका रामनिवास चौधरी छनोट भए ।
छनोटको पुरुषमा धनुषाले स्वर्ण, सिरहाले रजत र महोत्तरीले कांस्य हात पार्यो ।
महिलामा सर्लाहीका प्रजुणा थापा, दिपा लामा र अन्जु लामा, महोत्तरीका कञ्चन लामिछाने, चञ्चला साह, पूजा लामा, नलिना धुमचिङ, प्रमिला माझी र विदिश कठारी, सप्तरीकी माधुरी कर्ण, रौतहटकी सरिता धिताल तथा पर्साकी पिंकी कुमारी टोलीमा अटाए ।
महिलामा महोत्तरी पहिलो, सर्लाही दोश्रो र रौतहट तेश्रो भएका छन् ।