काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) स्कुल नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
एलएले विद्या संस्कारलाई ३–१ गोलले पराजित गर्यो । एलएका इमान शाहीले २ तथा प्रसुन तन्डुकारले १ गोल गरे । विद्या संस्कारका आदित्य शाहीले १ गोल फर्काए । विद्या संस्कारका सुयोग लामिछाने ‘म्यान अफ द म्याच’ घोषित भए ।
सिद्धार्थ बनस्थलीले त्रिनेत्रलाई ६–१ को फराकिलो गोलअन्तरले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । सिद्धार्थ बनस्थलीका कृष थापाले ह्याट्रिक गरे भने अनमोल केसीले २ तथा प्रभात न्यौपानेले १ गोल थपे । त्रिनेत्रका अनिश बुढाले सान्त्वना गोल गरे । त्रिनेत्रका किसन खड्का ‘म्यान अफ द म्याच’ चुनिए ।
नेक्ससले हिमालयनलाई २–१ गोलले पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गर्यो । नेक्ससका मनीष बानियाँले १ गोल गरे भने बाँकी १ गोल आत्माघाती थियो । हिमालयनका ‘म्यान अफ द म्याच’ इशम कार्कीले १ गोल गरे ।