काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा नवौं लोयल्टी कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १२ ब्वाइज टिमको सहभागिता रहने लोयल्टीका स्कुल संयोजक वीरेन्द्र कुरुम्वाङले जनाएका छन् ।
आयोजक लोयल्टीको दुई टिमसहित डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए), टीआईए, इन्साइट भिजन, विद्या संस्कार, काठमाडौं भ्याली स्कुल, हिमालयन, नेक्सस, सिद्धार्थ बनस्थली, काष्ठमण्डप र त्रिनेत्रले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजक लोयल्टीको आफ्नै मैदानमा हुनेछ । फाइनल फागुन २२ गते हुनेछ ।