काठमाडौं । तेस्रो संस्करणको केएमसी अक्सन बक्स क्रिकेट प्रतियोगिताको उपाधि स्क्रिमर डेभिल्सले हात पारेको छ । फाईनलमा गेटर्सले दिएको ७१ रनको लक्ष्य एक बल बाँकी छदै डेभिल्सले पुरा ग¥यो ।
पहिलो सेमिफाइनलमा गेटर्सले ग्लाडियटर्सलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनलमा फोनिक्सले दिएको ४७ रनको लक्ष्य डेभिल्सले सहज रुपमा पार गर्दै ग्याडियटर्ससंग उपाधि भिडन्त पक्का गरेको थियो ।
लिग चरणमा समुह एबाट केएमसी ग्लाडियटर्स र स्क्रिमर डेभिल्स तथा समुह बीबाट फेएरी फोनिक्स र द गो गेटर्स सेमिफाईनल प्रवेश गरेका थिए । लिग चरणमा समान २ खेल जित्दै ४ वटा टोली सेमिफाईनल पुगेका थिए ।
प्रतियोगिताको वुमन प्लेअर अफ दी सिरिजमा स्क्रिमर डेभिल्सकी बन्सिका खड्का घोषित भईन । प्रतियोगिताका उच्च रनकर्ता द गो गेर्टसका कप्तान स्वीकार खनाल म्यान प्लेअर अफ दी सिरिज घोषित भए ।
यस्तै फाइनलमा म्यान अफ दी म्याचको उपाधि भने स्क्रिमर डेभिल्सका कप्तान समीर कार्कीले प्राप्त गरे ।