रिंकु स्वदेश फर्किए

काठमाडौं। भारतका ब्याटर रिंकु सिंह पारिवारिक आपत्कालीन कारणले स्वदेश फर्किएका छन्।
फेब्रुअरी २६ मा चेन्नईमा जिम्बाब्वेविरुद्ध हुने आईसीसी टी–२० विश्वकपअन्तर्गत आगामी खेलमा उनको सहभागिता अनिश्चित बनेको छ। एमए चिदम्बरम स्टेडियममा मंगलबार साँझ भएको भारतको प्रशिक्षण सत्रमा रिंकु उपस्थित थिएनन्। उनका अन्य टोलीका सदस्यहरू भने नेट अभ्यासमा सहभागी भएका थिए।
रिंकुको प्रतियोगितामा प्रदर्शन हालसम्म सन्तोषजनक रहन सकेको छैन। समूह चरणका खेलहरूमा उनले ६, १, ११ र ६ रन बनाए भने अहमदाबादमा दक्षिण अफ्रिकाविरुद्ध भारत ७६ रनले पराजित भएको खेलमा उनी शून्यमै आउट भएका थिए।
यदि जिम्बाबेविरुद्धको खेलका लागि रिंकु उपलब्ध नभएमा, भारतसँग बेन्चमा सञ्जु स्यामसन र अक्षर पटेल विकल्पका रूपमा रहेका छन्। स्यामसनलाई टोलीमा ल्याइएमा ब्याटिङ क्रममा फेरबदल हुन सक्छ भने अक्षरलाई छनोट गरेमा उनी नम्बर ८ मा ब्याटिङ गर्न सक्नेछन्। दक्षिण अफ्रिकाविरुद्ध रिंकुले ब्याटिङ गरेका थिए।
जिम्बाबेविरुद्धको खेलपछि भारतको अन्तिम सुपर आठ चरणको खेल मार्च १ मा कोलकातामा वेस्ट इन्डिजविरुद्ध हुनेछ। यदि भारत सेमिफाइनलमा पुग्न सफल भयो भने उक्त खेल मार्च ५ मा मुम्बईमा हुनेछ। तर, यदि प्रतिद्वन्द्वी पाकिस्तान भयो भने सेमिफाइनल मार्च ४ मा कोलम्बोमा खेलाइनेछ।







-1771833812248.jpeg&w=3840&q=75)






