डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित
सोमबार, २६ माघ २०८२खेलपाटी संवाददाता
-1770628505169.jpg&w=3840&q=75)
काठमाडौं। आईसीसीटी–२० विश्वकप को डेब्यु खेलमै इटाली पराजित भएको छ।
सोमबार सम्पन्न समूह ‘सी’ को पहिलो खेलमा स्कटल्यान्डसँग इटाली ७३ रनले पराजित भएको हो। स्कटल्यान्डले दिएको २०८ रनको लक्ष्य पछ्याएको इटालीले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो।
जितसँगै २ खेलबाट २ अंक जोडेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गरेको थियो।
इटालीका बेन मानेन्तीले सर्वाधिक ५२ रन बनाए भने ह्यारी मानेन्तीले ३७ रनको योगदान दिइ। जेजे स्मट्सले २२ रन जोडे। तर, अन्य ब्याटर लामो समय टिक्न सकेनन्।
स्कटल्यान्डका माइकल लिस्कले ४ विकेट लिए भने मार्क वाटले २ विकेट राखे।
ब्राड कर्री, ओलिभर डेभिडसन र ब्राड ह्विलले समान १ विकेट आफ्नो नाममा राखे।












