पहिलो हाफमै एपीएफले खायो २ गोल
शनिबार, ०५ पौष २०८२खेलपाटी संवाददाता
फाइल तस्बिर
काठमाडौं। साफ महिला क्लब च्याम्पियनसिपमा घरेलु टोली एपीएफले पहिलो हाफमै २ गोल खाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा इस्ट बंगला एफसीले २–० को अग्रता लिएको हो। यी दुई टोलीले लिग चरणमा गोलरहित बराबरी खेलेका थिए। तर, बंगाल अंक तालिकामा शीर्ष र एपीएफ दोस्रो स्थानमा रहँदै प्रतियोगिताको फाइनलमा पुग्न सफल भए।












