अस्ट्रेलियन लिगमा ‘साम्बा’को पहिलो गोल
शनिबार, ०५ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले निन्जा ‘ए’ लिगमा पहिलो गोल गरेकी छन्।
उनी अस्ट्रेलियन लिग वेलिङटन फोनिक्समा अनुबन्ध छिन्। चोटबाट फर्किएकी उनले सिड्नी एफसीविरुद्धको खेलमा पहिलो गोल गरेकी हुन्।
उनले खेलको १३औं मिनेटमा हेडिङबाट गोल गरेकी हुन्। पिया भ्लकले पेनाल्टी बक्सबाट दिएको बललाई सिक्स यार्डभित्र रहेकी साम्बाले सुन्दर फिनिसिङ गरिन्। अर्को गोल भने उनले दोस्रो हाफमा गरेकी थिइन्।











