शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित

सोमबार, २९ मंसिर २०८२खेलपाटी संवाददाता
दक्षिण अफ्रिकामाथि भारतको रवाफिलो जित
Loading ad...
mustang rice ad

काठमाडौं। दक्षिण अफ्रिकालाई सहज रूपमा पराजित गर्दै भारत सिरिजमा अघि बढेको छ।

पाँच खेलको टी–२० सिरिजको तेस्रो खेलमा भारतले दक्षिण अफ्रिकालाई कुनै अवसर नै नदिई ७ विकेटको फराकिलो जित हात पारेको हो। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा सबै विकेट गुमाउँदै ११७ रनमै समेटियो।

लक्ष्य पछ्याएको भारतले २५ बल बाँकी छँदै जित सुनिश्चित गर्‍यो। यस जितसँगै भारतले सिरिजमा २–१ को अग्रता लिएको छ। सिरिजको पहिलो खेलमा भारतले १०१ रनको विशाल जित निकालेको थियो।

दोस्रो खेलमा भने दक्षिण अफ्रिकाले भारतलाई ५१ रनले हराउँदै बराबरी गरेको थियो। तेस्रो खेलमा पुनः भारत अघि बढेको हो। धर्मशालाको हिमाचल प्रदेश क्रिकेट संघ मैदानमा टस जितेर भारतले पहिले फिल्डिङ रोज्यो।

ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाको सुरुआत अत्यन्तै खराब रह्यो। स्कोरबोर्डमा जम्मा ७ रन हुँदा नै शीर्ष तीन ब्याटर रिजा हेन्ड्रिक्स (०), क्विन्टन डि कक (१) र ब्रेविस (२) आउट भए।

चौथो विकेटका लागि कप्तान एडन मार्करामले ट्रिस्टान स्टाब्ससँग मिलेर पुनरागमन गर्ने प्रयास गरे। तर, टोलीको स्कोर ३० रन हुँदा हार्दिक पाण्ड्याले स्टाब्सलाई आउट गर्दै त्यो साझेदारी तोडे।

स्टाब्स १३ बलमा ९ रन बनाएर जितेश शर्माको हातमा क्याच भए। यी दुईको साझेदारीबाट २३ बलमा २३ रन आएको थियो।

त्यसपछि करबिन बोस ९ बलमा ४ रन बनाएर आउट भए। ४४ रनमै ५ विकेट गुमेपछि दक्षिण अफ्रिका गहिरो संकटमा फस्यो। एक छेउ सम्हाल्दै कप्तान मार्करामले एक्लै संघर्ष गरे। उनले ४६ बलमा ६१ रनको उत्कृष्ट इनिङ्स खेले।

मार्करामसँग डोनोभान फेरेइराले पनि केही साथ दिए। उनले १५ बलमा २० रनको छोटो तर उपयोगी इनिङ्स खेले। अन्त्यतिर एनरिक नोर्खियाले १२ बलमा १२ रन जोडे। मार्कराम, फेरेइरा र नोर्खिया बाहेक अन्य कुनै पनि ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। निर्धारित २० ओभरपछि दक्षिण अफ्रिका ११७ रनमा अलआउट भयो।

भारतका हर्षित राना, आर्शदीप सिंह, वरुण चक्रवर्ती र कुलदीप यादवले दुई–दुई विकेट लिए। शिवम दुबे र हार्दिक पाण्ड्याले एक–एक विकेट हात पारे।

लक्ष्य पछ्याउन उत्रिएको भारतले आक्रामक सुरुआत गर्‍यो। पहिलो बलमै अभिषेक शर्माले सानदार छक्का प्रहार गरे। सुरुआतदेखि नै आक्रामक ब्याटिङ गरेका अभिषेक पावर प्लेको अन्तिम ओभरमा आउट भए। ओपनिङ जोडीबाट ६० रन आयो। अभिषेकले १८ बलमा ३५ रन बनाए।

पावर प्ले समाप्त हुँदा भारतले १ विकेट गुमाएर ६८ रन बनाएको थियो। अभिषेक आउट भएपछि भारतको रन गति केही सुस्त भयो। पहिलो ६ ओभरमा ६८ रन बनाएको भारतले त्यसपछिका ७ ओभरमा शुभमन गिलको विकेट गुमाउँदै जम्मा २७ रन मात्र जोड्यो। गिल २८ बलमा २८ रन बनाएर पेभिलियन फर्किए।

चौथो नम्बरमा कप्तान सूर्यकुमार यादव तिलक वर्मासँग जोडिए। तर, सूर्यकुमारले टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। उनी ११ बलमा १२ रन बनाएर आउट भए।

त्यसपछि तिलक वर्मा र शिवम दुबेले कुनै जोखिम नलिँदै भारतको जित सुनिश्चित गरे। तिलक ३४ बलमा अविजित २५ रनमा रहे भने दुबे ४ बलमा अविजित १० रन बनाए। दक्षिण अफ्रिकाका लागि लुंगी एन्गिडी, करबिन बोस र मार्को यान्सेनले एक–एक विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

रोमाको कमब्याक

रोमाको कमब्याक

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

रोमाको कमब्याक

रोमाको कमब्याक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने