टुओम्बा खुकुरी कपको उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लबलाई

अस्ट्रेलिया। टुओम्बा खुकुरी कप २०२५ को उपाधि व्रिसबेन नेप्लिज फुटबल क्लब (बीएन्एफ्सी) ले जितेको छ।
क्विन्सल्यान्डको टुवोम्बास्थित वोन्डर फुटबल क्लबको मैदानमा भएको रोमाञ्चक फाइनलमा आयोजक क्लब टुओम्बा नेप्लिज फुटबल क्लब (टीएनएफ्सी) लाई २–१ गोलको नतिजामा पराजित गर्दै ब्रिसबेनले उपाधि जितेको हो।
बीएन्एफ्सीलाई च्याम्पियन बनाउन रोशन राणा र दिपश आलेले गोल गरे। टुओम्बा नेप्लिज फुटबल क्लबको आयोजनामा भएको एक दिने प्रतियोगितामा उपविजता आयोजक क्लबका निरज चौधरी सर्वाधिक गोलकर्ता र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।
उनले ८ खेलमा १२ गोल गरेका थिए। निरजसहित आशिष लामा , अञ्जन राई, कमल थापा, बुद्धबल तामाङ, दिनेश राजवंशी, आषीश चौधरी, रितिक खड्का लगायतका राष्ट्रिय खेलाडीको पनि सहभागिता रहेको थियो।
सेभेन ‘ए’ साइड भएको प्रतियोगितामा क्विन्सल्यान्डका विभिन्न २३ टिमको सहभागिता रहेको थियो। जसमा विजेता बीएन्एफ्सीले उपाधिसहित ७ हजार अस्ट्रेलियन डलर, उपविजेताले २ हजार डलर र तेस्रो स्थानको विजेता ब्रिसबेन नेप्लिज फुटबल क्लबले १ हजार डलर प्राप्त गरेका छन्।
एडब्लुटिआइ कलेजको मुख्य प्रायोजनमा टुओम्बा फुटबल क्लबले खुकुरी कपको लगातार चौथो सिजन सफलतापूर्वक आयोजना गरेको हो।
देशबाट टाढा रहे पनि नेपाली समुदायलाई जोडिराख्नेका लागि फुटबलको माध्यमबाट भाइचारा बढाउन र मनोरञ्जनका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका संयोजक धीरज दाहालले जानकारी दिए।







-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)



-1765159359412.webp&w=3840&q=75)