आइतबार, २१ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मुलरलाई हराएका मेसी

आइतबार, २१ मंसिर २०८२खेलपाटी संवाददाता
मुलरलाई हराएका मेसी
Classic Tech Internet Ad

काठमाडौं। थोमस मुलर र लिओनल मेसीबीचको पुरानो प्रतिस्पर्धामा धेरैजसो समय जर्मन स्टार नै हावी हुँदै आएका थिए।

यी दुई १० पटक आमनेसामने हुँदा ७ पल्ट मुलरको टिमले जित निकाल्यो। २०१० को विश्वकपको क्वार्टरफाइनल र २०१४ को विश्वकप फाइनलमा पनि मुलरसम्मिलित जर्मनीले मेसीको अर्जेन्टिनालाई पराजित गर्दै नमिठो हार चखायो।

तर, शनिबारको रात भने मेसीको रहर पूरा हुने क्षण थियो। एमएलएस कप फाइनलमा इन्टर मियामीले मुलरको भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै क्लब इतिहासमै पहिलो उपाधि जित्यो। मेसीले आफ्नो करिअरको ४७औं ट्रफी हात पारे।

यो उनको एमएलएसमा तेस्रो सिजन हो। ७२औं मिनेटमा रोड्रिगो डे पउलले मेसीले दिएको पासबाट अग्रता बनाए। रोकिनै नखोजेका उनले अतिरिक्त समयमा अर्को असिस्टसमेत उपलब्ध गराइदिए।

खेलपछि उनले भने,‘तीन वर्षअघि म एमएलएसमा आएँ र आज हामी एमएलएस च्याम्पियन छौं। गत वर्ष लिगबाट छिट्टै बाहिरियौं। यसपटक एमएलएस जित्नु हाम्रो मुख्य लक्ष्यमध्ये एक थियो।’

उनले थपे,‘टिमले यस वर्ष धेरै मिहिनेत गर्‍यो। धेरै खेल, थकान, सबैका बाबजुद हामीले इच्छाएको क्षण पायौं। यो सबै सुन्दर सफलता हो, खेलाडीहरूले यसको पूरा हक राख्छन्।’

मेसी र मुलर विश्वकप, च्याम्पियन्स लिग र क्लब वर्ल्ड कप विजेता खेलाडी हुन्। अर्थात् उनीहरूले प्रमाणित गर्न केही बाँकी छैन। तर, एमएलएसमा आएपछि उनीहरूको साझा लक्ष्य आफ्नो करिअरमा अर्को लिग उपाधि थप्नु थियो।

भ्यानकुभर १–० ले पछि परेपनि ६०औं मिनेटमा बराबरीमा फर्कियो। त्यसपछि पाएको मौका सदुपयोग गर्न नसक्दा मुलर निराश देखिन्थे। तर, अन्त्यमा ट्रफी समारोहमा उनले मुस्कानसहित मेसीलाई एमभीपी घोषित गरिँदा ताली बजाए।

उनका कोच यस्पर सोरेन्सेनले भने,‘हामी मिहिनेति टिम हौं। खेल १–१ को अवस्थामा थियो, जुन हामी चाहन्थ्यौं। तर, एक गल्ती भयो, बल मेसीसम्म पुग्यो र उनले उत्कृष्ट पास दिए।’

खेल सकिँदा मेसीलाई उनका सहकर्मीहरूले उफ्रँदै बधाई दिइरहेका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

मेसीले जिताए मियामीलाई पहिलोपल्ट एमएलएस कप

फुटबलर आयुष अस्ट्रेलिया पलायन

फुटबलर आयुष अस्ट्रेलिया पलायन

Bajaj Pulsar Motorcycle Ad
 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

 सुदूरपश्चिमका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए

सुदूरपश्चिमका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किए

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य