माल्दिभ्सको लिगको डेब्यु खेलमै रेखाको २ गोल
आइतबार, २१ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली फरवार्ड रेखा पौडेलले माल्दिभ्सको एफएएम वुमेन्स लिग २०२५ मा जबरजस्त सुरूआत गरेकी छन्।
माजिया वुमेन्स टिमबाट डेब्यु गर्दै उनले पहिलो खेलमै दुई गोल गरेकी हुन्। उनीसँगै मिडफिल्डर दिपा शाहीले मध्यभागबाट खेलको गति सम्हालिरहँदा माजिया यस सिजन निकै सशक्त देखिएको छ।
भिक्ट्री एससीविरुद्धको खेलमा रेखाले पहिलो हाफमै लगातार दुई प्रहार मार्दै माजियालाई २–० को अग्रता दिलाइन्। तर, दोस्रो हाफमा खेलको मोड बदलियो। भिक्ट्रीले दुवै गोल फर्काउँदै अन्ततः खेल २–२ को बराबरीमा टुंग्यायो।







-1765077380744.webp&w=3840&q=75)





-1765118145135.jpg&w=3840&q=75)


