नेपालको जितमा नीरजको शतक

काठमाडौं। ओपनर नीरजकुमार यादवको शतकसँगै नेपालले एसीसी यु–१९ प्रिमियर कपमा सानदार सुरुआत गरेको छ।
मंगलबार सम्पन्न खेलमा नेपालले साउदी अरबलाई ८ विकेटले पराजित गरेको हो। साउदीले दिएको २१९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। जितसँगै समूह ‘ए’ मा रहेको नेपाल २ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।
समान अंक ने रहे पनि हङकङ दोसरो स्थानमा छ। दुवै खेल खेलेको साउदी प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालका नीरलेले सर्वाधिक ११४ रन बनाए। ९० बल खेलेका उनले १३ चौका र १ छक्का प्रहार गरे।
निश्चल क्षेत्रीले अविजित ६६ र वंश क्षेत्रीले ३० रन बनाए। साउदीका मोहम्मद जुबेरले १ विकेट लिए।
त्यसअघि युएईको अजानमा पहिला ब्याटिङ थालेको साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१८ रन बनाएको थियो।
साउदीका जुवेरले सर्वाधिक ४८ रन बनाए। ७६ बल खेलेका उनले ३ चौक र १ छक्का प्रहार गरे।
मोहम्मद रेहान ४१ र अमिर अहमद ३९ र रनमा आउट भए।
नेपालका अशोक धामीले सर्वाधिक २ विकेट लिए।







-1764078716312.jpeg&w=3840&q=75)




-1764055643559.png&w=3840&q=75)