बुधबार, मंसिर ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

‘बाउन्ड्री लाइनमा’मा जनकपुरका समर्थकले गरे सन्दीपलाई अपमान !

मंगलबार, ०९ मंसिर २०८२खेलपाटी संवाददाता
‘बाउन्ड्री लाइनमा’मा जनकपुरका समर्थकले गरे सन्दीपलाई अपमान !
Classic Tech Internet Ad

काठमाडौं। नाबालिक बलात्कारको दाग मेटाउने प्रयासमा रहेका लेग स्पिनर सन्दीप लामिछाने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बलिङमा मात्र होइन, कप्तानीमा पनि उत्तिकै चम्किएका छन्।

उनको कप्तानीमा रहेको विराटनगर किङ्स अपराजित रहँदै ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। जारी प्रतियोगितामा अपराजित रहने दोस्रो टोली बनेको विराटनगरलाई प्लेअफमा पुग्ने दाबेदारी मानिएको छ।

पोखरा एभेन्जर्सलाई ५३ रन र काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको विराटनगरले तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ९ रनको रोमाञ्चक जित निकालेको थियो।

१३५ रनको लक्ष्य बचाउने क्रममा सन्दीप आफैंले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिएका थिए। जारी प्रतियोगितामा यो उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। योसँगै उनी ७ विकेट लिँदै सर्वाधिक विकेटकर्ता बनेका छन्।

सन्दीपले उत्कृष्ट प्रदर्शन गरिरहँदा खेल हेर्न उपस्थित जनकपुरका दर्शकलाई भने सैह्य भएन। कप्तान अनिल शाहले ब्याटिङ गरिरहेको अवस्थामा बाउन्ड्रीमा फिल्डिङ गर्न आइपुगेका सन्दीप जनकपुरका समर्थकबाट अपमानित हुन पुगे।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा उनी बाउन्ड्रीनजिक आइरहँदा जनकपुरका महिला समर्थकहरू चर्को स्वरमा ‘२० लाख..२० लाख’ भन्दै जिस्काइरहेका छन्। दुई महिला समर्थकले भने यो सन्दीपमाथि व्यक्तिगत प्रहार भन्दै उनीहरूलाई सम्झाउने प्रयास गरिरहेको सुनिन्छ।

ती महिलाहरू भन्दै थिए,‘त्यस्तो त भन्नु हुँदैन है। दिस् इज पर्सनल अट्याक !’ त्यसपछि केही पुरुष समर्थक पनि उठेर सन्दीपलाई अपमान गरिरहेका समर्थकलाई सम्झाउँदै माहोल शान्त पार्ने प्रयास गर्छन्।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई २५ पुस २०८० मा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना सुनाएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपले ‘गौशाला–२६’ (पीडित) को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गरेको थियो।

फैसलाविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए। जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै ३ जेठ २०८१ मा उच्चका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाइ दिएका थिए।

त्यसयता सन्दीप आफ्नो क्रिकेट करिअरमा ‘फोकस’ गरिरहेका छन्। तर, कतिपय अवस्थामा उनी उक्त घटना सम्झेर विक्षिप्त पनि हुँदै आएका छन्।

सोमबारको उक्त खेलमा विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२६ रनमा समेटिएको थियो। जारी प्रतियोगितामा विराटनगरले लगातार तेस्रो जित निकाल्दा जनकपुरले भने दोस्रो हार बेहोर्‍यो।

सन्दीपले ओपनर लाहिरु मिलन्था, अनिल साह, रुपेश शिंह र संगिथ कुरेलाई आउट बनाएका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै

काठमान्डुको दोस्रो जित

काठमान्डुको दोस्रो जित

 आईसीसी टी–२० विश्वकप : इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेको समूहमा नेपाल

आईसीसी टी–२० विश्वकप : इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेको समूहमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
साम्बाबिना खेल्दै नेपाल

साम्बाबिना खेल्दै नेपाल

बार्सिलोनाले चेल्सीलाई सकेन

बार्सिलोनाले चेल्सीलाई सकेन

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै

काठमान्डुको दोस्रो जित

काठमान्डुको दोस्रो जित

 आईसीसी टी–२० विश्वकप : इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेको समूहमा नेपाल

आईसीसी टी–२० विश्वकप : इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेको समूहमा नेपाल

नेपालको जितमा नीरजको शतक

नेपालको जितमा नीरजको शतक

दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग

दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग

‘बाउन्ड्री लाइनमा’मा जनकपुरका समर्थकले गरे सन्दीपलाई अपमान !

‘बाउन्ड्री लाइनमा’मा जनकपुरका समर्थकले गरे सन्दीपलाई अपमान !