असुरक्षित बन्दै एनपीएलको मैदान

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार असुरक्षित मैदानले खेलाडी र दर्शक दुवैलाई त्रसित बनायो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगको १०औं खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको थियो।
तर, उक्त रोमाञ्चक माहोलमा असुरक्षित वातावरणले सबैको ध्यान खिच्यो। ३.५ ओभरमा कर्णालीका ब्याटर विलियम बसिस्टो र नाजिबुल्ला जाद्रानले दुई विकेट गुमिसकेका बेला खेललाई नियन्त्रण गर्ने प्रयास गरिरहेका थिए। त्यही समयमा मैदानमा एक कुकुर प्रवेश गर्यो।
केही समय खेल रोकिएन मात्र कुकुरलाई मैदानबाट हटाउन खेलाडी स्वंयम नै लाग्नुपरेको थियो। खेलाडीहरू र दर्शक दुवै यो घटनाले अचम्ममा परे।

धमाधम सट्टेबाज पक्राउ परिरहेको बेला खेलले मात्र होइन, मैदानको अवस्था पनि प्रश्नको विषय बनेको छ। त्रिवि मैदानको सुरक्षा र तयारीको अवस्था पूर्ण रूपमा असन्तोषजनक रहेको देखिन्छ।
खेलको क्रममा क्रिकेट मैदानमा कुकुर प्रवेश गर्नु सुरक्षा दृष्टिले निकै गम्भीर घटना हो। खेल भइरहेको बेला खेलाडीहरू बलसँग र उच्च गतिमा प्रतिक्रिया गरिरहेका हुन्छन्, त्यस्तो समयमा कुनै अवरोधले चोटपटकको जोखिम बढाउँछ।
बल हान्ने क्रममा अचानक कुकुर मैदानमा आउँदा ब्याटरले सन्तुलन गुमाउन सक्छन् वा बल खेल्दा चोट लाग्न सक्छ। बलर वा फिल्डर पनि यस्तो अप्रत्याशित अवरोधमा पर्न सक्छन्। यसले खेलको प्राकृतिक प्रवाहमा असर पुर्याउँछ।
सुरक्षा खेलाडीमा मात्र सीमित हुँदैन, दर्शक र मैदानमा कार्यरत स्टाफ पनि जोखिममा पार्छ। कुकुर डराएर भाग्दा, भिडभाड भएको क्षेत्र वा दर्शकका नजिक दौडिन सक्छ। यसले अप्रत्याशित दुर्घटना निम्त्याउन सक्छ। यस्तो घटना खेलको निष्पक्षता र निरन्तरतालाई पनि प्रभावित पार्छ। खेल रोकिने अवस्था सिर्जना हुन सक्छ र खेलाडीको मानसिकता र रणनीतिमा असर पर्न सक्छ।
यो घटनाले एनपीएल व्यवस्थापन र सुरक्षामा सुधारको आवश्यकता रहेको औंल्याउँछ। एनपीएलजस्तो प्रतिष्ठित प्रतियोगितामा असुरक्षित मैदान र अप्रत्याशित बाधाहरूले खेलको गुणस्तरमा प्रभाव पार्न सक्छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले मैदान र खेलाडीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
कुकुरले खेलमा हस्तक्षेप गरे पनि कप्तान दीपेन्द्रसिंह ऐरीको संयम र खेल कौशलले सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्न सफल रह्यो। सुदूरपश्चिमले कर्णालीलाई १४० रनको मध्यम लक्ष्य दिएको थियो।
तर, बलिङ दीपेन्द्रसिंह ऐरीको ब्याटिङ र बलिङले जित सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। दीपेन्द्रले बलिङमा ३ विकेट लिए भने ब्याटिङमा ३९ रन जोडे। योसँगै कर्णाली ४५ रनले पराजित भयो।






-1764236044054.jpeg&w=3840&q=75)
%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)


