काठमान्डुविरुद्ध लुम्बिनीलाई बदला लिने अवसर

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार दोस्रो जितको खोजिमा रहेका काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल अपरान्ह्र ४ बजे सुरु हुनेछ। यो खेलले तालिकामा महत्त्वपूर्ण भूमिका खेल्नेछ।
काठमान्डको यात्रा यस सिजन मिश्रित रहेको छ। पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्समाथि ५ विकेटको विजयले उत्साह थपेको थियो।
तर, त्यसपछि सुदूरपश्चिम रोयल्ससँग २९ रन र विराटनगर किंग्ससँग ५ विकेटको लगातार हार भोग्नुपर्यो।
लुम्बिनीसँगको भिडन्तले काठमान्डुलाई लगातार हारको शृंखला ब्रेक गर्दै प्रदर्शन सुधार्ने मौका दिएको छ।
लुम्बिनीले पनि दुई खेल खेलेको छ। पहिलो खेलमा चितवन राईनोजमाथि ६ विकेटको विजय पाए पनि त्यसपछि कर्णाली याक्ससँग ९ विकेटले पराजित भएको थियो। यसले टोलीको आत्मविश्वासमा असर गरेको छ।
मंगलबारको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण छ। काठमान्डुले जित सुनिश्चित गर्न सकेन भने बाँकी खेलमा दबाब बढ्नेछ।
काठमान्डुको झैं २ अंक रहेको लुम्बिनीलाई पनि मजबुत प्रदर्शन गरेर तालिकामा स्थान सुधार्ने अवसर रहेको छ।
गत सिजनको भेटमा काठमाडौंले लुम्बिनीलाई हराएको अनुभवले रणनीतिक लाभ दिन सक्छ। लो स्कोरिङ खेलमा काठमान्डुले दिएको १०४ रनको लक्ष्य लुम्बिनीले पूरा गर्न सकेको थिएन। १९.२ ओभरमा सबै विकेट गुमाउँदै लुम्बिनी ८५ रनमै अलआउट भएको थियो।
त्यसैले यो खेल लुम्बिनीका लागि मात्र अंकका लागि नभई बदला लिने अवसर पनि बन्नेछ।






-1764236044054.jpeg&w=3840&q=75)
%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)


