अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य
शनिबार, कार्तिक १६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई २७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको हो।
नेपालका दीपेन्द्रले सर्वाधिक ७५ रन बनाए। ६७ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे।
करण केसीले ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रनको इनिङ्स खेले।
ओपनर कुशल भुर्तेल ४७, भीम सार्की ४३ र कप्तान रोहितकुमार पौडेल ३६ रनमा आउट भए।










-1761998475071.jpg&w=3840&q=75)

