काठमाडौं । चौथो संस्करणको हिसान उपत्यकाब्यापी खेलकुद सप्ताह बिहिबारबाट सुरु हुने भएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै खेलकुद सप्ताह बिहिबारबाट हुने जानकारी गराएको हो ।
खेलकुद सप्ताहमा बास्केटबल, फुटसल,भलिबल, टेबल टेनिस, डोरी तान, कविता/वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता हुनेछ । सबै स्पर्धामा छात्र र छात्राको सहभागिता रहने प्रतियोगिता संयोजक रामहरी सिलवालले जानकारी गराए ।
खेलकुद सप्ताहमा उपत्यका भित्रका निजि मा.वि र कलेजहरुबाट एक हजार बढी विद्यार्थीले सहभागिता जनाउने छन् ।
खेलकुद सप्ताह अन्तर्गत माघ २४ गते फुटसल प्रतियोगिता सुरु हुनेछ । फुटसल मनकामना फुटसल गोकर्णेश्वर मकलबारीमा हुनेछ ।
यस्तै माघ २४ गतेबाट सुरु हुने बास्केटबल ऋत एकेडमी बसुन्धरा, माघ २९ बाट सुरु हुने भलिबल नेसनल मा.वि बालकुमारी, माघ २८ बाट सुरु हुने टेबल टेनिस प्रिमियर कलेज नयाँ बानेश्वर, माघ २६ गते हुने डोरी तान टुँडिखेल, माघ २८ हुने कविता/वक्तृत्वकला हिमालय कलेज कोटेश्वर र माघ २८ बाट सुरु हुने हाजिरीजवाफ एड्मार्क तथा जुबिल्यान्ट कलेज कलंकीमा हुनेछ ।
खेलकुद सप्ताहको उद्घाटन गोकर्णेश्वर मकलबारी फुटसलमा युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले गर्ने छन् ।