नलवारी सेमिफाइनलमा
बिहिबार, असोज २३, २०८२Admin User

पथरी। नलवारी फुटबल क्लब दमक चौथो सिरीजंघा खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मोरङको पथरीशनिश्चरेमा जारी प्रतियोगितामा बिहीबार नलवारीले यलम्वर फुटबल क्लब पथरीलाई १–० ले पराजित गरेको हो। खेलको एक मात्र निर्णायक गोल नलबारी कृषल थापाले गरेका हुन् ।
थापाले दोस्रो हाफको १३औं मिनेटमा गोल गर्दै नलवारीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ बराबरीमा सकिएको थियो। खेलको म्यान अफ द म्याच गोलकर्ता नलवारीका थापा घोषित भए।
शुक्रबारको खेल नलवारी र इटहरा फुटबल क्लब रतुवामाईबीच हुनेछ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)