सलाहको उदयसँगै इजिप्ट फेरि विश्वकपमा

काठमाडौं। १९३४ र १९९० पछि लामो प्रतिक्षा टुटेको थियो। मोहम्मद सलाहको जब उदाय भयो इजिप्ट फेरि विश्वकपको नक्शामा फर्किएको थियो।
इङ्लिस क्लब लिभरपुलका स्टार फरवार्डले सन् २०१८ मा आफ्नो देशलाई २८ वर्षपछि विश्वकपमा पुर्याएका थिए। अब फेरि उनले त्यो गौरव दोहोर्याएका छन्। यसपल्ट अझ बलियो र ऐतिहासिक शैलीमा।
बुधबार भएको विश्वकप छनोटको नवौं खेलमा जिबुटीलाई ३–० ले पराजित गर्दै इजिप्टले २०२६ को विश्वकपको टिकट पक्का गरेको हो। मोरक्कोको कासाब्लाङ्कामा भएको उक्त खेलमा सलाहले दुई गोल गरे भने अर्को गोल इब्राहिम आदेलले थपे।
यो जितसँगै सलाहले यस पटकको अफ्रिकी छनोटमा आफ्नो गोल संख्या ९ पुर्याएका छन्। योसँगै उनी तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन्। कतारका अल्मोइज अली १२ गोलसहित शीर्ष स्थानमा छन्।
‘ए’ समूहको विजेता बनेर इजिप्टले विश्वकपमा स्थान सुनिश्चित गरेको हो। एक खेल बाँकी रहँदा नै इजिप्टको २३ अंक छ भने दोस्रो स्थानमा रहेको बुर्किना फासो १८ अंकमा सीमित छ। यस अर्थमा इजिप्ट अब अंकतालिकामा अपराजेय बनेको छ।
यो जितले टिकट मात्र सुनिश्चित गरेको छैन, देशभरका इजिप्टियन समर्थकका लागि उत्सवको बहाना पनि बनाएको छ। अब उनीहरूको अन्तिम खेल गिनी–बिसाउविरुद्ध हुनेछ। घरेलु मैदानमा हुने यो खेलसँगै सलाहले विश्वकपमा छनोट भएको खुसी आफ्नै दर्शकसामु बाँड्नेछन्। खेल अक्टोबर १२ मा हुने तय छ।
इजिप्टभन्दा अघि अफ्रिकी क्षेत्रबाट मोरक्को (‘ई’ समूह विजेता) र ट्युनिसिया (‘एच’ समूह विजेता) ले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन्। बाँकी समूहमा सेनिगल, बेनिन, केप भर्डे, आइभरी कोस्ट, अल्जेरिया र घाना अन्तिम चरणको प्रतिस्पर्धामा छन्।







-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)
-1762739898132.webp&w=3840&q=75)