फिफाले भन्यो– मलेसियाले खेलाडीको नागरिकतामा कीर्ते गर्यो

काठमाडौं। फिफाले नक्कली नागरिकता बनाएर मलेसियाले कीर्ते गरेको आरोप लगाएको छ। मलेसियाको राष्ट्रिय फुटबल संघ (एफएएम) ले भने ती आरोप अस्वीकार गरेको छ।
गत महिनाको अन्त्यतिर विश्व फुटबल नियामक निकाय फिफाले एएफसी एसियन कप छनोटमा भियतनामविरुद्ध खेलाएका सात खेलाडीका नागरिकता नक्कली भएको ठहर गरेको थियो। योसँगै मलेसिया र ती खेलाडीलाई जरिबाना र निलम्बनको सजाय सुनाइएको थियो।
फिफाका अनुसार गेब्रियल अरोचा, फाकुन्डो गार्सेस, रोड्रिगो होलगाडो, इमानोल माचुका, जोआओ फिग्वेरेदो, जोन इराजाबाल र हेक्तर हेभेलले कीर्ते काम गरेका हुन्। यी खेलाडी ब्राजिल, अर्जेन्टिना, स्पेन र नेदरल्यान्ड्सका हुन्। फिफाको नियम अनुसार ‘हेरिटेज प्लेअर’ले आफ्नो पुर्खा त्यहाँ जन्मिएको प्रमाणित गरेमा उक्त देशको प्रतिनिधित्व गर्न सक्छन्।
तर, सोमबार प्रकाशित १९ पृष्ठ लामो प्रतिवेदनमा फिफाको अनुशासन समितिले स्पेन, अर्जेन्टिना, ब्राजिल रनेदरल्यान्ड्सका आधिकारिक अभिलेखहरू उद्धृत गर्दै लेखेको छ,‘तीमध्ये कुनै पनि खेलाडीका हजुरबुबा–हजुरआमा मलेसियामा जन्मिएका थिएनन्। यो कुरा मलेसियाले फिफामा बुझाएको कागजातसँग सीधै विरोधाभासमा रहेको छ।’
फिफाले लेखेको छ, ‘राष्ट्रिय टोलीका लागि खेल्ने अधिकार पाउन नक्कली कागजात पेस गर्नु शुद्ध ठगी हो, जुन कुनै हालतमा स्वीकार्य हुन सक्दैन।’
मलेसियाली अधिकारीहरूले ती खेलाडीका पुर्खाहरू पेनाङ, मलक्का, जोहोर र सारावाकमा जन्मिएको दाबी गरेका थिए। मलेसियाका केही विश्लेषक र अधिकारीहरूले यो अनुसन्धान क्षेत्रीय प्रतिद्वन्द्वीहरूको दबाबमा गरिएको दाबी गरेका छन्।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)