चेल्सीको संकट जारी
आइतबार, असोज १२, २०८२Admin User
-1759022278041.webp&w=3840&q=75)
काठमाडौं। इङ्लिस प्रिमियर लिगमा चेल्सीको संकट पनि जारी रह्यो।
ब्राइटनविरुद्ध १–० को अग्रता लिएर बसेको चेल्सी दोस्रो हाफको ५३औं मिनेटमै १० खेलाडीमा सीमित भयो।
डिफेन्डर त्रेभोह चालोबहले रातो कार्ड खाएपछि खेल पल्टियो। अन्तिमतिर ब्राइटनले दबाब बढायो। ७७औं मिनेटमा ड्यानी वेलबेकले बराबरी गरे भने इन्जुरी समयमा दुई गोल थप्दै ३–१ को जित सुनिश्चित गर्यो।
लगातार दोस्रो हारसँगै चेल्सीको संकट गहिरिँदै गएको छ। जितसँगै ब्राइटन ६ खेलबाट ८ अंक जोड्दै १०औं स्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक रहेको चेल्सी आठौं स्थानमा छ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)