पुलिससँग ब्रदर्स पराजित
शनिबार, असोज ११, २०८२Admin User

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ र विंगर आयुष घलानसम्मिलित बंगलादेश पुलिस क्लबले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा विजयी सुरुआत गरेको छ।
मुन्सिगञ्जमा भएको खेलमा पुलिसले ब्रदर्स युनियनलाई १–० ले पराजित गरेको हो। खेलको एकमात्र निर्णायक गोल नवौं मिनेटमा ब्राजिलियन पाउलो सान्तोसले गरेका थिए। ब्रदर्स युनियनमा नेपाली राष्ट्रिय टोलीका डिफेन्डर सनीश श्रेष्ठ, फरवार्ड अञ्जन विष्ट तथा मिडफिल्डर योगेश गुरुङ र एरिक विष्ट छन्।
लिगको पहिलो चरण सकिँदा पाँचमध्ये तीन खेल बराबरीमा टुंगिए भने दुई खेलमा मात्रै नतिजा निस्किएको छ। यससँगै अनन्त तामाङसम्मिलित फोर्टिस एफसी र पुलिस क्लब पूर्ण तीन अंक जोड्न सफल भएका छन्।
गोल अन्तरमा फोर्टिस शीर्ष स्थानमा छ। अब राष्ट्रिय टोलीको हङकङ तयारीका कारण लिग तीन साताका लागि स्थगित हुनेछ।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)