सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत

बिहिबार, असोज ९, २०८२
फाइनलमा पाकिस्तान र बंगलादेशलाई कुरिरहेको भारत
Classic Tech Internet Ad

काठमाडौं। भारतले एसिया कप टी–२० को सुपर फोमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

१६९ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान जाकेर अलीको टोली १९.३ ओभरमा १२७ रनमा अलआउट भयो। यससँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ भने पाकिस्तान–बंगलादेश खेल अब अप्रत्यक्ष सेमिफाइनल बन्न पुगेको छ।

त्यसको विजेता टोलीले २८ सेप्टेम्बरमा भारतसँग उपाधिका लागि खेल्नेछ। बंगलादेशका लागि सैफ हसनले मात्र उत्कृष्ट प्रदर्शन गर्न सके।

उनले ५१ बलमा ६९ रन बनाए। तर, अन्य ब्याटरको प्रदर्शन निराशाजनक रह्यो। दोस्रो ओभरमै तन्जिद तमिम आउट भए पनि सैफ र इमनले पावरप्लेमा ४४ रनको राम्रो सुरुआत दिलाए। तर, त्यसपछि इमन, तौहीद हृदय, शमिम हसन र कप्तान जाकेर छोटो अन्तरालमा आउट भएपछि टोली दबाबमा पर्‍यो।

१९ बलमा २१ रन बनाएका इमन छक्का प्रहार गर्ने क्रममा क्याच आउट भए। तौहीद हृदयले १० बलमा ७ रन मात्रै बनाए। माथिल्लो अर्डरमा आएका शमिम तीन बलमै शून्य रनमा बोल्ड भए। श्रीलंकाविरुद्ध विजयी नायक बनेका सैफले भने लगातार प्रहार गर्दै ३६ बलमा अर्धशतक पूरा गरे।

तर, अन्तिम चरणमा पनि बंगलादेशको ब्याटिङ ध्वस्त भयो। जाकेर रनआउट भए भने सैफउद्दिन ७ बलमा ४ रनमा आउट भए। १७औं ओभरमा कुलदीप यादवले लगातार दुई विकेट लिएर भारतलाई बलियो स्थितिमा पुर्‍याए। त्यसै ओभरमा तीनपटक जीवन पाए पनि अन्ततः सैफ ५१ बलमा ६९ रनमा आउट भए।

अन्तिम १६ बलमा ५३ रन आवश्यक भएको अवस्थामा बंगलादेशको जितको आशा टुटिसकेको थियो। बाँकी १३ बलमै टोली अलआउट हुँदै ११ रन मात्र थप्न सक्यो।

भारतका लागि कुलदीप यादवले ३ विकेट लिए भने जसप्रीत बुमराह र बरुण चक्रवर्तीले २–२ विकेट हात पारे। अक्षर पटेल र तिलक वर्माले १–१ विकेट लिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै