आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन

२०२५ सेप्टेम्बर २१, आइतबार

ह्याट्रिक म्यान केन

काठमाडौं। फेरि उही खेलाडी। बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले शनिबार दोस्रो पटक सिजनको ह्याट्रिक पूरा गर्दै होफेनहाइमविरुद्ध ४–१ को जित दिलाएका छन्। यससँगै बायर्नले चार राउन्डपछि सबैभन्दा उत्कृष्ट बुन्डेसलिगा सुरुआत गर्दै कीर्तिमान बनाएको छ।

इङ्ल्यान्डका कप्तान केनले पहिलो हाफमा एक गोल गरे। दोस्रो हाफमा दुई पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे। योसँगै उनले आफ्नो कुल गोल संख्या १२ (सबै प्रतियोगितामा ६ खेलमा) पुर्‍याएका छन्। जर्मन सुपरकपसहित ७ खेलमा उनका कुल गोल संख्या १३ पुगेको छ।

केनको अर्को ह्याट्रिक बुन्डेसलिगा सिजनको पहिलो खेलमा लेइप्जिगविरुद्ध ६–० को जितमा थियो। बायर्नले चार राउन्डपछि १२ अंक र १५ भन्दा बढी गोल अन्तरसहितको प्रदर्शन गर्दै बुन्डेसलिगा सुरु भएदेखि (१९६३) सबैभन्दा उत्कृष्ट सुरुआत गरेको छ।

बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले बुधबार च्याम्पियन्स लिगमा चेल्सीलाई ३–१ ले पराजित गरेको टोलीबाट पाँच खेलाडी परिवर्तन गरेका थिए। त्यस खेलमा केनले दुई गोल गरेका थिए।

चेल्सीबाट बायर्नमा आएपछि निकोलेस ज्याक्सनले पहिलोपल्ट सुरुआती ११ मा स्थान बनाए। १७ वर्षे लेनार्ट कार्लले बुन्डेसलिगामा पहिलो खेल खेल्दै टोलीलाई बलियो प्रदर्शन दिलाए।

होफेनहाइमका फिसनिक अस्लानीले मात्र पोस्टमा प्रहार गरे। बायर्नका गोअर म्यानुएल न्युएरको ब्याक पासमा बल सोझै उनीसामु पुगेको थियो। होफेनहाइम राम्रो खेलेको देखिन्थ्यो, तर कार्लको कोर्नरमा केनले नजिकको पोस्टमा गोल गर्दै ४४ औं मिनेटमा बायर्नलाई ब्रेक थ्रु दिलाए।

दोस्रो हाफमा केनले पेनाल्टीमा गोल गर्दै अग्रता २–० बनाएका थिए। माइकल ओलिसे फाउल भएपछि फेरि पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

होफेनहाइमका भ्लादिमिर कौफलले फ्रीकिकबाट प्रहार गर्दै सान्त्वना गोल फर्काए। उनको प्रहार बायर्नका सब्स्टिच्युट जोशुवा किमिचलाई लाग्दै डिफ्लेक्सन भएको थियो।

अन्त्यमा बायर्नका सब्स्टिच्युट सर्ज ग्नाब्रीले स्टपेज टाइममा साँघुरो कोणबाट गोल गर्दै स्कोर पूरा गरे। बायर्नले आफ्नो आक्रामक सुरुआत जारी राख्दै बुन्डेसलिगामा उपाधि दाबेदारीलाई थप मजबुत बनाएको छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

गीताको चोटको शल्यक्रिया गरिँदै

गीताको चोटको शल्यक्रिया गरिँदै

उत्कृष्ट लयमा पुलिसिच

उत्कृष्ट लयमा पुलिसिच

Bhat Bhateni
झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन

गीताको चोटको शल्यक्रिया गरिँदै

गीताको चोटको शल्यक्रिया गरिँदै

उत्कृष्ट लयमा पुलिसिच

उत्कृष्ट लयमा पुलिसिच

युनाइटेडलाई चेल्सीले दिलायो राहत

युनाइटेडलाई चेल्सीले दिलायो राहत

रोकियो लिग लिडर युभेन्ट्स

रोकियो लिग लिडर युभेन्ट्स