युभेन्ट्सको सानदार सुरुआत
-1750314034.webp&w=3840&q=75)
काठमाडौं। युभेन्ट्सले क्लब विश्वकपको समूह चरणको पहिलो खेलमा अल–आइनलाई ५–० ले पराजित गरेको छ।
इटालीको ३६ पटकको च्याम्पियन युभेन्ट्सका रान्डल कोलो मुआनी र फ्रान्सिस्को कोन्सेइसाओले दुई–दुई गोल गरे। केनान यिल्दिजले एक गोल थपे।
११औं मिनेटमा मुआनीले हेडरमार्फत गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। १८,१६१ समर्थकको उपस्थिति रहेको थियो। तर, अधिकांश समर्थक युभेन्ट्सको कालो–सेतो जर्सीमा देखिएका थिए।
२१औं मिनेटमा कोन्सेइसाओले पेनाल्टी क्षेत्रभित्र बल ड्रिबल गर्दै गोल गर्दै अन्तर २–० बनाए। त्यसपछि ३१औं मिनेटमा यिल्दिजले तल्लो बाँया कुनाबाट प्रहार गर्दै तेस्रो गोल गरे।
पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा मुआनीले आफ्नो दोस्रो गोल गर्दै युभेन्ट्सलाई ४–० को बलियो अवस्थामा पुर्याए। मुआनीलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट लोनमा ल्याइएको हो। क्लब विश्वकपका लागि उनको सम्झौता विस्तार गरिएको छ।
दोस्रो हाफको ५८औं मिनेटमा कोन्सेइसाओले मिडफिल्डबाट आएको पासमा गोल गर्दै व्यक्तिगत दोस्रो र युभेन्ट्सको पाँचौं गोल पूरा गरे।
यस जितसँगै युभेन्ट्सले समूह चरणको पहिलो खेल प्रभावशाली जितसहित सक्काएको छ।
















