आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

एक्सेल्सियर र त्रिनेत्र च्याम्पियन

शुक्रबार, माघ १८, २०७५खेलपाटी संवाददाता
एक्सेल्सियर र त्रिनेत्र च्याम्पियन
Classic Tech Internet Ad
काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल र त्रिनेत्र सातौं एक्सेल्सियर कप अन्तर्गत फुटबलमा शुक्रबार च्याम्पियन बनेका छन् । एक्सेल्सियर सिनियर ब्वाइज तथा त्रिनेत्र जुनियर ब्वाइजमा च्याम्पियन बने । 
 
स्वयम्भूस्थित घरेलु मैदानमा भएको सिनियर फाइनलमा एक्सेल्सियले साइन मोडललाई ३–१ गोलले पराजित गर्यो । एक्सेल्सियरका निमेश गोतामेले २ तथा कर्मा निमा गुरुङले १ गोल गरे । साइनका रिदम आलेले सान्त्वना गोल गरे । 
 
जुनियर फाइनलमा त्रिनेत्रले ओराकललाई ४–३ गोलले हरायो । त्रिनेत्रका अनिश बुढा तथा किशन खड्काले समान २–२ गोल गरे । ओराकलका सुविन कर्माचार्यले २ तथा कृष गुरुङले १ गोल फर्काए ।
 
एक्सेल्सियरका निमेश गोतम तथा त्रिनेत्रका अनिश बुढा उत्कृष्ट खेलाडी घोषित भए । सिनियरमा एक्सेल्सियरका दिक्षान्त खड्का तथा जुनियरमा ओराकलका रोजन श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । सिनियरमा काभ्या तथा जुनियरमा आर्या एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।
 
यस्तै एक्सेल्सियर कपअन्तर्गत रेडिअन्ट पब्लिकले बास्केटबलमा दोहोरो उपाधि जितेको छ । रेडिअन्ट सिनियर र जुनियर ब्वाइजमा पहिलो भयो ।
सिनियर फाइनलमा रेडिअन्टले एलआरआईलाई ६२–५८ ले पराजित ग¥यो । रेडिअन्टका स्वयं कार्कीले २४ अंक जोडे । जुनियर फाइनलमा रेडिअन्टले ग्रिनफिल्डलाई ३१–१४ ले हरायो । विजेताका प्रस्तुत पौडेलले १२ स्कोर गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा स्वर्णिमले स्किब्सलाई ३५–१८ ले पाखा लगाउदै उपाधिमाथि कब्जा जमायो । स्वर्णिमकी मोहनी लोप्चनले ८ अंक जोडिन् ।
सिनियरको ब्वाइजमा रेडिअन्टका स्वयं कार्की र गल्र्समा स्वर्णिमकी मोहनी लोप्चन तथा जुनियर ब्वाइजमा रेडिअन्टका राज रोका ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियरको ब्वाइजमा मोक्सदा र गल्र्समा रुपिज तथा जुनियर ब्वाइजमा एभीएमले अनुशासित टिमको ट्रफी हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, डिएसपी सुधिरराज शाही, एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेत, एक्सेल्सियरकी प्रिन्सिपल शितल राणालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ ९ गतेदेखि सुरु प्रतियोगिताको फुटबलतर्फ सिनियर र जुनियरमा समान १६–१६ टिम सहभागी थिए । बास्केटबलको सिनियर ब्वाइजमा १३ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमले भाग लिएका थिए ।
Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

गुप्ताले दृष्टिविहिन महिला विश्वकप खेलाउने

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

बायर्नको १६ खेलको जितको शृंखला रोकियो

बायर्नको १६ खेलको जितको शृंखला रोकियो