सुखद् सुरुआतमा चेल्सी
मंगलबार, असार ३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। क्लब विश्वकप अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा इङ्लिस क्लब चेल्सीले अमेरिकन टोली लस एन्जलस एफसी (एलएएफसी) लाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
७१ हजार क्षमताको मर्सिडिज बेन्ज स्टेडियममा मंगलबार आयोजित खेलमा झण्डै ५० हजार सिट खाली देखिए पनि नेटो र एन्जो फर्नान्डेजले गोल गर्दै टोलीलाई सहज जित दिलाए। एलएएफसीका गोलकिपर ह्युगो लोरिसको गोल पोस्टमुनि राम्रै प्रदर्शन भए पनि गोल रोक्न सकेनन्।
लियम डेल्यापले दोस्रो हाफमा खेलमा प्रवेश गरे। उनले फर्नान्डेजको गोलमा सहयोग गरे। इप्सविच टाउनबाट अनुबन्धित डेल्याप चेल्सीको टोलीमा पहिलोपटक मैदान उत्रेका थिए।
















