रेखासम्मिलित आबुधाबीले जित्यो युएई महिला लिग
शनिबार, जेठ ३२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल राष्ट्रिय महिला टोलीकी स्ट्राइकर रेखा पौडेल पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक लिगमै उपाधि हासिल गर्न सफल भएकी छन्।
उनीसम्मिलित आबुधाबी कन्ट्री क्लबले अपराजित रहँदै युएई महिला लिग जितेको हो।
आबुधाबी समग्रमा ११औंपल्ट लिग च्याम्पियन बनेको हो। लिगमा आठ टोली सहभागी थिए। तर, आबुधाबीले आफ्नो सात वटै खेलमा शतप्रतिशत जित निकाल्दै २१ अंक बटुल्यो।
एक खेल खेल्न बाँकी रहेको इम्पायरले १५ अंकका साथ दोस्रो स्थानमा छ ।
















