कोहली बने टी–२० मा ९ हजार रन बनाउने ब्याटर

काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोरका पूर्वकप्तान विराट कोहलीले मंगलबार लखनउ सुपर जायन्ट्सविरुद्ध इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार प्रदर्शन गर्दै ठूलो उपलब्धि हासिल गरेका छन्।
उनी टी–२० मा एउटै टिमबाट खेल्दै नौ हजार रन पूरा गर्ने पहिलो ब्याटर बनेका छन्। लखनउविरुद्ध २४ रन बनाउने बित्तिकै नौ हजार चार रन पूरा गरेका थिए। कोहलीले सन् २००८ मा बैंग्लोरबाट आइपिएल करियर सुरु गरेका हुन्।
लखनउको एकाना स्टेडियममा उनको ब्याटले अर्धशतक बनायो र उनी नौ हजार रनको आँकडा छुने पहिलो ब्याटर बने। लखनउविरुद्ध उनले २७ बलमा आठौं अर्धशतक प्रहार गरेका थिए। उनले ३० बलमा १० चौकाको मद्दतमा ५४ रन बनाए।
कोहली आइपिएलमा सर्वाधिक अर्धशतक बनाउने ब्याटर पनि बनेका छन्। लखनउविरुद्ध अर्धशतक बनाउनेबित्तिकै उनले डेभिड वार्नरको कीर्तिमान भंग गरे।
यसअघि कोहली र वार्नर संयुक्त रूपमा ६२ अर्धशतक बनाउने कीर्तिमान बनाएका थिए। तर, अहिले कोहलीको उक्त कीर्तिमान तोडेका छन्।आइपिएलमा ४६ अर्धशतक बनाएका रोहित शर्मा तेस्रो स्थानमा छन्।













-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)