गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तान
शनिबार, जेठ ११, २०८२खेलपाटी संवाददाता

काठमाडौं। शुभमन गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन्।
उनले इङ्ग्ल्यान्डविरुद्धको खेलमार्फत आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। यस्तै, ऋषभ पन्त टेस्टमा नयाँ उपकप्तान छन्।
यसबाहेक करुण नायर सात वर्षपछि भारतीय टोलीमा फर्किएका छन्। शार्दुल ठाकुर पनि भारतीय टोलीमा पुनरागमन गर्दैछन्। भारतीय ए टोलीका कप्तान अभिमन्यु ईश्वरनलाई पनि मौका दिइएको छ। टोलीमा साई सुदर्शन र अर्शदीप सिंह नयाँ अनुहार हुन्।














-1762660030983.webp&w=3840&q=75)
