सरस्वतीको सानदार जित
मंगलबार, बैशाख ३०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सानदार जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा सरस्वतीले वीरगन्ज युनाइटेडलाई ३–० ले पराजित गरेको हो।
योसँगै ११ खेलबाट १५ अंक पुर्याएको सरस्वती छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट वीरगन्जको १६ अंक छ।
सरस्वतीको जितमा ज्ञानेन्द्र जोशी, नरेन्द्रकुमार खत्री र धीरेन्द्रबहादुर शाहीले गोल गरे।
१८औं मिनेट ज्ञानेन्द्रले सरस्वतीलाई सुरूआती अग्रता दिलाए। ५६औं नरेन्द्रले अग्रता दोब्बर बनाए। ७२औं मिनेट धीरेन्द्रले गोल गर्दै सरस्वतीलाई सानदार जित दिलाए।













