डेब्यु खेलमै पूजाको गोल
सोमबार, बैशाख २९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा रानाले भुटान महिला राष्ट्रिय लिगको डेब्यु खेलमै गोल गरेकी छन्।
मंगलबार सम्पन्न खेलमा उनी सम्मिलित ट्रान्सपर्ट युनाइटेड एफसीले यु–१७ एकेडेमी गर्ल्समाथि ८-० को फराकिलो जित निकालेको हो।
ट्रान्सपर्टका लागि पूजाले ८७औं मिनेटमा एक गोल गरिन्। उनीसँगै दुई नेपाली खेलाडी सम्झना लावती र बिर्सना चौधरी मैदान उत्रिएका थिए।













