सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एल क्लासिकोमा बार्सिलोनाको जित

आइतबार, बैशाख २८, २०८२खेलपाटी संवाददाता
एल क्लासिकोमा बार्सिलोनाको जित
Classic Tech Internet Ad

काठमाडौं। बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ एक कदम अगाडि बढेको छ।

आइतबार राति भएको ऐतिहासिक 'एल क्लासिको' मा ४–३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी सातमा पुर्‍याएको हो।  

शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक छ। रियलको भने समान खेलबाट ७५ अंक छ। अब लिगका तीन खेल मात्र बाँकी छन्। तीमध्ये एक खेलमा जित या सबैमा बराबरी नतिजा निकाले पनि बार्सिलोना च्याम्पियन बन्नेछ।

यस सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जित निकाल्न सफल भएको हो। जसमध्ये पछिल्लो जित कोपा डेल रे फाइनलमा निस्किएको थियो। ह्यान्सी फ्लिकको पहिलो सिजनमै क्लासिकोमा चारमा चार अपराजित कीर्तिमान राख्न सक्नु आफ्नै ठूलो उपलब्धि हो।

खेलको सुरुआतमा फ्रेन्च स्टार किलियन एमबाप्पेले पाँचौं र १४औं मिनेटमा दुई गोल गर्दै रियललाई २–० को अग्रता दिलाएका थिए। तर, घरेलु मैदान मुन्टजुइक रंगशालामा बार्सिलोनाले उल्लेखनीय पुनरागमन गर्दै राफिन्हा (२ गोल), लामिन यमल र एरिक गार्सियाले गोल गरेपछि पहिलो हाफमै ४–२ को अग्रता लियो।

७०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे। तर, त्यसपछि रियलले बराबरी गोल फर्काउन सकेन र उपाधि होडमा ठूलो झट्का बेहोर्नुपर्‍यो। एमबाप्पे २७ गोलसहित ला लिगाको शीर्ष गोलकर्ता बनेका छन्। बार्सिलोनाका रोबर्ट लेवान्डोव्स्की २५ गोलसहित दोस्रो स्थानमा छन्। उनी आइतबारको खेलमा सुरुआती टोलीमा थिएनन्।

बार्सिलोनाका लागि यो साता दोस्रो सबैभन्दा बढी गोल भएको खेल थियो। मंगलबार च्याम्पियन्स लिग सेमिफाइनलमा इन्टर मिलानसँग अतिरिक्त समयमा ७–६ को समग्र नतिजामा हार बेहोरेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो।

यद्यपि, बार्सिलोनाले यो सिजन रियलविरुद्ध सबै खेल जितेको छ। अक्टोबरमा लिगको पहिलो खेलमा सान्टियागो बर्नाबेउमा ४–०, जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा ५–२ र गत महिना कोपा डेल रे फाइनलमा बार्सिलोनाले ३–२ को नतिजा निकालेको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

जनज्योतिको फराकिलो जित

जनज्योतिको फराकिलो जित

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड