काठमाडौं । समता शिक्षा निकेतन र शारदा माबि पहिलो संस्करणको सेतिदेबी अशोक शंकर स्मृति अन्तर माबि फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेका छन् ।
सिन्धुपाल्चोकको लामोसाँघुमा बुधबार भएको खेलमा समताले बनसाँघु माबि र शारदाले महेन्द्रद्रोय माबिलाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।
पहिलो खेलमा समताले बनसा“घुलाई टाईब्रेकरमा ३–२ ले स्तब्ध पार्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा भएको थियो ।
४७ औ मिनेटमा राजकुमार गोलेको गोलबाट समताले खेलमा अग्रता लिएको थियो । ८५ औ मिनेटमा बनसा“घुका सुमन पहाडीले बराबरी गोल फर्काएका थिए ।
अर्को खेलमा शारदाले महेन्द्रद्रोयलाई १–० ले हरायो । खेलको ४२ औ मिनेटमा शारदाका बिशाल भुजेलले विजयी गोल गरे ।
प्रतियोगिता अन्तर्गत भोली ग्रिनल्याण्ड स्कुल र बलेफी माबि तथा सेतिदेबी माबि र बालशिक्षा माबिबीच प्रतिस्पर्धा हुनेछ ।
१५ टोली सहभागि प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैया“ प्राप्त गर्नेछ ।