काठमाडौं। ओपनर विराट कोहलीको सानदार ब्याटिङसँगै रोयल्स च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई २२२ रनको विशाल लक्ष्य दिएको छ।
वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बैंग्लोरले पाँच विकेट गुमाउँदै २२१ रन बनाएको हो।
बैंग्लोरका कोहलीले सर्वाधिक ६७ रन बनाए। ४२ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। जारी प्रतियोगितामा उनले बनाएको यो नै सर्वाधिक रन हो। यसअघि उनले कोलकाता नाइट राइडर्सविरुद्ध अविजित ५९ रनको इनिङ्स खेलेका थिए।
कप्तान रजत पाटिदारले ३२ बलमा पाँच चौका र चार छक्कासहित ६४ रन बनाए। देवत्त पडिक्कर ३७ रनमा आउट हुँदा जीतेश शर्मा ४० रनमा अविजित रहे।
मुम्बईका ट्रेन्ट बोल्ड र कपतान हार्दिक पाण्ड्याले समान दुई विकेट लिए।