मुम्बई फर्किए बुमराह
आइतबार, चैत २३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। ढाडको चोटका कारण इन्डियन प्रिमियर लिग (आइपिएल)का सुरुआती चार खेल गुमाएका मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रीत बुमराह टोलीमा फर्किएका छन्।
मुम्बईले आफ्नो इन्स्टाग्राममा बुमराह फर्किएको जानकारी दिएको छ। सिड्नी टेस्टको दोस्रो दिन दिउँसो स्क्यान गर्न गएदेखि बुमराह मैदानबाट बाहिर छन्। उनको ढाडमा चोट लागेको पुष्टि भएको थियो।
यही चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी खेल्न सकेका थिएनन्। त्यसबेलादेखि बुमराह बैंग्लुरुको बिसिसीआई सेन्टर अफ एक्सिलेन्समा रिह्याबमा थिए।
मार्च २०२३ मा शल्यक्रिया गरिसकेपछि बुमराहको कम्मरमा चोट लागेको यो पहिलो पटक थियो। मुम्बईले यस सिजनमा चार खेलमा केवल एकमा जित दर्ता गर्न सफल भएको छ। हाल मुम्बई अंक तालिकामा आठौं स्थानमा छ।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)