पञ्जाबको पहिलो हार

काठमाडौं। नेहाल बढेराको अर्धशकतका बाबजुद इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किङ्सले पहिलो हार बेहोरेको छ।
पञ्जाबले गुजरात टाइटन्समाथि ११ रन र लखनउ सुपर जायन्ट्समाथि आठ विकेटको जित निकाल्दै सिजनको सानदार सुरुआत गरेको थियो। तर, शनिबार आफ्नो तेस्रो खेलमा राजस्थान रोयल्ससँग ५० रनको निराशाजनक हार बेहोरेको हो।
योसँगै लगातार दोस्रो जित निकालेको राजस्थानले चार खेलबाट चार अंक पुर्याएको छ। एक खेल कम खेलेको पञ्जाबको पनि समान अंक छ।
राजस्थानले प्रस्तुत गरेको २०६ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाबले नौ विकेट गुमाउँदै १५५ रन मात्रै बनाउन सक्यो।
पञ्जाबका मध्यक्रमका ब्याटर नेहालले सर्वाधिक ६१ रन बनाए। ४१ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे।
ग्लेन म्याक्सवेलले २१ बलमा तीन चौका र एक छक्कासहित ३० रन बनाए। प्रभसिमरन सिंह १७ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्। फलत: पञ्जाब पहिलो हार बेहोर्न बाध्य भएको हो।
राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक तीन विकेट लिए। सन्दीप शर्मा र महेश थक्सेनाको नाममा समान दुई विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ थालेको राजस्थानले चार विकेट गुमाउँदै २०५ रनको योगफल तयार गरेको थियो। राजस्थानका ओपनर यशवी जैशवालले सर्वाधिक ६७ रन बनाए।
४५ बल खेलेका उनले तीन चौका र पाँच छक्का प्रहार गरे। कप्तान सञ्जु साम्सन ३८ र शिमरोन हेटमायर २० रनमा आउट हुँदा रियान पराग ४३ र धुर्व जिरेल १३ रनमा अविजित रहे।
पञ्जाबका लोकी फर्गुसनले सर्वाधिक दुई विकेट लिए। अर्शदीप सिंह, मार्को जनसनले समान एक विकेट हात पारे।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)