पञ्जाबसामु राजस्थानको चुनौतीपूर्ण लक्ष्य
शनिबार, चैत २२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। ओपनर यशवी जैशवालको सानदार अर्धशतकसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जितको खोजिमा रहेको राजस्थान रोयल्सले पञ्जाब किङ्सलाई २०६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
पहिला ब्याटिङ थालेको राजस्थानले चार विकेट गुमाउँदै २०५ रन बनाएको हो। राजस्थानका ओपनर जैशवालले सर्वाधिक ६७ रन बनाए।
४५ बल खेलेका उनले तीन चौका र पाँच छक्का प्रहार गरे। कप्तान सञ्जु साम्सन ३८ र शिमरोन हेटमायर २० रनमा आउट हुँदा रियान पराग ४३ र धुर्व जिरेल १३ रनमा अविजित रहे।
पञ्जाबका लोकी फर्गुसनले सर्वाधिक दुई विकेट लिए। अर्शदीप सिंह, मार्को जनसनले समान एक विकेट हात पारे।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)