हार्दिकको पाँच विकेट, मुम्बईलाई चुनौतीपूर्ण लक्ष्य
शुक्रबार, चैत २१, २०८१खेलपाटी संवाददाता

काठमाडौं। कप्तान हार्दिक पाण्ड्याको पाँच विकेटका बाबजुद लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई २०४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
भारतरत्न श्री अटल बिहारी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०३ रन बनाएको हो।
लखनउका मिचेल मार्शले सर्वाधिक ६० रन बनाए। ३१ बल खेलेका उनले नौ चौका र दुई छक्का प्रहार गरे। एडेन माक्ररामले ३८ बलमा दुई चौका र चार छक्कासहित ५३ रन बनाए।
आयुष बडानी ३०, डेभिड मिलर २७ र निकोलस पुरन १२ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।
मुम्बईका कप्तान हार्दिकले सर्वाधिक पाँच विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए। ट्रेन्ट बोल्ट, अश्विन कुमार र विग्नेस पथुरको नाममा समान एक विकेट रह्यो।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)