मधेश प्रदेशले १० जना क्रिकेटरलाई मासिक तलब दिने
बिहिबार, चैत २०, २०८१खेलपाटी संवाददाता

निजगढ। मधेश प्रदेश क्रिकेट संघले १० जना खेलाडीलाई मासिक पारिश्रमिक दिने गरी करार सम्झौता गरेको छ।
संघले आठ जना पुरुष र दुई जना महिला गरी १० जना खेलाडीहरूसँग सम्झौता गरेको हो। सम्झौता अनुसार खेलाडीहरूले मासिक १० हजार रुपैयाँ पारिश्रमिक पाउने मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनील महासेठले बताए।
संघले मधेशको राजधानी जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरेर खेलाडीहरूसँग सम्झौता पत्र आदानप्रदान गरिएको अध्यक्ष महासेठले बताए।
यसरी करार सम्झौतामा पर्न सफल खेलाडीहरूमा पुरुषतर्फ पवन सर्राफ, हरिशंकर साह, अभिषेक तिवारी, रोहन विश्वकर्मा, विशाल पटेल, अरनिको यादव, प्रदीप पासवान र रञ्जित कुमार छन् भने महिलातर्फ रोजी कडारी र अलिशा यादव रहेकी छन्।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)