मोरङ र सप्तरी उपाधिका लागि भिड्ने
विराटनगर। मोरङ र सप्तरी चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।
मोरङले सप्तरीलाई सात विकेटले पराजित गरेको हो। यस अघि नै मोरङ र सप्तरी फाइनलको यात्रा तय गरेका छन्। मोरङले अपराजित रहँदै ६ अंक जोड्यो। सप्तरी चार अंकका साथ दोस्रो स्थानमा रह्यो।
८२ रनको लक्ष्य मोरङले १०.५ बलमा तीन विकेट गुमाउँदै भेट्टाएको हो। मोरङको जितमा प्लेयर अफ द म्याच टिका साहले ४१ रन बनाउँदा प्रिन्साा रानामगरले अविजित १५ रनको योगदान दिइन्। टिकाले ३० बलमा ६ चौका प्रहार गरिन्। सप्तरीकी दीप रामले दुई विकेट लिइन्।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा चार विकेट गुमाई ८१ रन जोड्यो। सप्तरीकी साक्षी यादवले सर्वाधिक अविजित ४२ रन जोडिन्। मोरङकी निरु राजवंशीले एक विकेट लिँदा फुलकुमारी राजवंशी र बन्धना राजवंशी र क्रितीषा राजवंशीले समान एक विकेट लिइन्।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)