सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पञ्जाबको अपराजित यात्रा कायमै

मंगलबार, चैत १८, २०८१खेलपाटी संवाददाता
पञ्जाबको अपराजित यात्रा कायमै
Classic Tech Internet Ad

काठमाडौं। प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरको सानदार ब्याटिङसँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अपराजित यात्रा कायम राखेको छ।

मंगलबार सम्पन्न खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले पराजित गरेको हो। यो नतिजासँगै पञ्जाब दुई खेलबाट चार अंक बटुल्दै शीर्ष दुईमा उक्लिएको छ।

पञ्जाबले यसअघि गुजरात टाइटन्सलाई ११ रनले हराएको थियो। लखनउको भने यो लगातार दोस्रो हार हो। लखनउले तीन खेलबाट दुई अंक जोडेको छ।

लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६.२ ओभरमा दुई विकेट गुमाउँदै १७७ रन बनायो। पञ्जाबका प्रभसिमरनले सर्वाधिक ६९ रन बनाए। ३४ बल खेलेका उनले नौ चौका र तीन छक्का प्रहार गरे।

कप्तान अय्यरले भने लगातार अर्धशतक पूरा गरे।अविजित रहेका उनले ३० बलमा तीन चौका र चार छक्कासहित ५२ रन बनाए। यसअघि उनले गुजरातविरुद्ध अविजित ९७ रन बनाएका थिए।

नेहाल भाधेरा ४३ रनमा अविजित रहँदा प्रयान्स आर्या आठ रनमा पभिलियन फर्किए। लखनउका दिग्वेश राठीले दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३० रन खर्चिए।

त्यसअघि भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनउमा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो। लखनउका निकोलस पुरनले सर्वाधिक ४४ रन बनाए। ३० बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। 

आयुष बडानीले ३३ बलमा एक चौका र तीन छक्कासहित ४१ रन बनाए। एडन माक्रराम २८, अब्दुल समाद २७ र डेभिड मिलर १९ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए। लोक्की फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जोन्सन र युजवेन्द्र चाहलको नाममा समान एक विकेट रह्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै