सप्तरी र मोरङको विजयी सुरुआत
विराटनगर। सप्तरी र मोरङले चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ मा विजयी सुरुआत गरेको छ।
विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा सोमबार भएको पहिलो खेलमा सप्तरीले इलामलाई आठ विकेटले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ६ विकेट गुमाई ११७ रनको योगफल तयार पारेको थियो। इलामकी प्रियैका राई सर्वाधिक ४१ रन बनाइन्। सप्तरीकी सुस्मिता यादवले सर्वाधक दुई विकेट लिइन्।
११८ रनको लक्ष्य पछ्याएको सप्तरीले १४.१ बलमा दुई विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो। सप्तरीको जितमा प्लेयर अफ द म्याच साक्षी यादवले अविजित ६० रन बनाउँदा बन्दना रजकले पनि अविजित १३ रनको योगदान दिइन्। इलामकी मुना राई र टिकामाया तामाङले १–१ विकेट लिइन्।
दोस्रो खेलमा मोरङले सिरहालाई सात विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १२.२ बलमा सवै विकेट गुमाउँदा ६० रनमा सीमित भयो। सिरहाका कुनै पनि ब्याटरले दोहोरा अंकलाई छुन सकेनन्। मोरङकी प्लेयर अफ म्याच कृतिशा धामीले सर्वाधिक पाँच विकेट लिइन्। उनले चार ओभरमा १६ रन दिएकी थिइन्।
६१ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ९.१ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो। मोरङ जितमा सानु राजवंशीले अविजित २८ रन बनाउँदा टिका साहले १५ रन बनाइन्।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)