सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

भिल्लालाई ६८ वर्षपछि उपाधि जित्ने मौका

आइतबार, चैत १६, २०८१खेलपाटी संवाददाता
भिल्लालाई ६८ वर्षपछि उपाधि जित्ने मौका
Classic Tech Internet Ad

काठमाडौं। एस्टन भिल्लाले सन् १९९६ पछि कुनै ठूलो उपाधि जितेको छैन।

तर, यस सिजन ६८ वर्षपछि एफए कप जित्ने राम्रो मौका मिलेको छ। यसपटक इङ्लिस प्रिमियर लिगका थुप्रै ठूला टोलीहरू प्रतियोगिताबाट बाहिरिसकेका छन्।

तर, भिल्ला मार्कस रासफोर्डको पहिल गोलसँगै प्रेस्टनलाई ३–० ले पराजित गर्दै सन् २०१५ पछि पहिलो पटक एफए कप सेमिफाइनलमा प्रवेश गरेको छ।

 म्यानचेस्टर युनाइटेडबाट फेब्रुअरी २ मा ऋण सम्झौतामा रासफोर्ड भिल्ला आएका थिए। उनले आफ्नो करियर पुनःउत्थान गर्दै इङ्ल्यान्डको टोलीमा पनि पुनरागमन गरेका छन्। हालै सम्पन्न विश्वकप छनोट खेलमा उनले अल्बानिया र लाट्भियाविरुद्ध इङ्ल्यान्डको सुरुआती टोलीमा स्थान बनाएका थिए।

रासफोर्डले खेलको ५८औं मिनेटमा लुकास डिग्नेको क्रसमा ट्याप गर्दै पहिलो गोल गरे। त्यसपछि ६३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै भिल्लालाई दुई गोलको अग्रता दिलाए। ७१औं मिनेटमा ज्याकोब राम्जीले तेस्रो गोल गर्दै भिल्लालाई सहज जित दिलाए।

शनिबार क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्टले सेमिफाइनल प्रवेश गरिसकेका छन्। अब भिल्लाले फाइनलमा स्थान बनाउन क्रिस्टल प्यालेसलाई चुनौती प्रस्तुत गर्नेछ। नटिङ्घम फरेस्टले भने बर्नमाउथ र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ।

यदि सिटी पराजित भएमा एस्टन भिल्ला प्रतियोगिताको प्रमुख दावेदार बन्ने छ। क्लबले स्पेनिस प्रशिक्षक उनाई एमरीको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यस सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।

भिल्लाले सात पटक एफए कप जितेको छ। तर, सन् १९५७ पछि उपाधि उचाल्न सकेको छैन। क्लब पछिल्लो पटक सन् २०१५ को फाइनलमा आर्सनलसँग ४–० ले पराजित भएको थियो।

प्रेस्टन एफए कप क्वार्टरफाइनलमा पुग्ने एक मात्र गैरप्रिमियर लिग क्लब थियो। क्लबले सन् १९६५–६६ पछि पहिलो पटक क्वार्टरफाइनल खेलेको हो।

एफए कप सेमिफाइनलका खेल वेम्बली स्टेडियममा हुनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै