काठमाडौं। सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित निकालेको छ।
आइतबार सम्पन्न खेलमा दिल्ली सात विकेटले विजयी भएको हो। जितसँगै दिल्लीले दुई खेलबाट चार अंक पुर्याएको छ। हैदरावादको भने यो लगातार दोस्रो हार हो। तीन खेल खेलिसकेको हैदरावादको दुई अंक छ।