काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप क्रिकेट लिग २ को सिरिजका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाएको छ।
सिरिज आगामी जुनमा हुने तय छ। उक्त सिरिजमा नेपालसहित घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुनेछन्।
क्यानका अनुसार प्रारम्भिक टोलीमा रहेका ४८ खेलाडीलाई चार समूहमा विभाजन गरेर खेलहरू सञ्चालन गर्ने तयारी गरिएको छ।
खेलहरू नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा हुनेछ।
छनोटमा परेका खेलाडी
रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सनकुमार झा, करण केसी, ललितनारायण जोशी, अनिलकुमार साह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरा, मयन यादव, अर्जुन घर्ती, हेमन्त धामी, दीपेशप्रसाद कँडेल, रुपेशकुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, इशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलीप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान, अर्जुन साउद