काठमाडौं। शाई सुदर्शनको अर्धशतकसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मुम्बई इन्डियन्सलाई १९७ रनको विशाल लक्ष्य दिएको छ।
नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९६ रन बनाएको हो।
गुजरात र मुम्बई दुवैले पहिलो खेलमा हार बेहोरेका थिए। गुजरातलाई पुन: ट्याकमा फर्काउन सुदर्शनले सर्वाधिक ६३ रन बनाए। ४१ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।
जोश बटलरले २४ बलमा पाँच चौका र एक छक्कासहित ३९ रन बनाए। कप्तान शुभमन गिल ३८, शेर्फेन रदरफोर्ड १८ रनमा आउट हुँदा गुजरातले लक्ष्य २०० पुर्याउन चुक्यो।
मुम्बईका हार्दिक पाण्ड्याले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले २५ रन खर्चिए। ट्रेन्ट बोल्ड, दीपक चाहर, सत्यनारायण राजु र मुजिब उर रहमानले समान एक विकेट हात पारे।