नेपालले हङकङमा चारदेशिय क्रिकेट सिरिज खेल्ने
शनिबार, चैत १५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले हङकङमा चारदेशिय टी–२०आई सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सिरिज ९ अप्रिलदेखि १३ अप्रिलसम्म हुने जानकारी दिएको हो। सिरिजमा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन्।
नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ।
लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)